जीवन भोगाईको क्रममा....

एउटा बिरानो मुलुक
म कबितामा यीं सबै कुराहरू लेख्न सक्ने सामर्थ्य राख्दिन त्यसैले बिना शृंखला आज एउटा लामो गध्यमा अवरोह गर्दैछु | धेरै कुराहरू मनमा चित्त नबुझेजस्ता भएर बसेका छन् र लेखूँ लेखूँ भएर आएको छ एका एक  मनभित्र |

मानब सभ्यता निरन्तर एउटा सम्मान जनक सह-अस्तित्वको खोजमा छ | उत्तरआधुनिक यस युगमा बहुलवादी चिन्तन ,सोच, एवम् धारणाबाट अभिप्रेरित हुँदै गएर मान्छेले अनेकता भित्र एकताको खोज गरिरहेको छ | पछिल्लो समयमा संचारको क्षेत्रमा भएको तिब्र प्रगतिले विश्वलाई एक सानो डबली जस्तो बनाउँदै लान खोजिरहेको छ | विश्व ध्रुबिकरणको प्रक्रियाले संसारका हरेक मुलुक र त्यहाँका हरेक बासिन्दा, जाति, भाषा, धर्म, संस्कृति, रीतिरिवाज र परम्परा आदिलाई एकसाथ समेटेर सम्बादमा उभ्याउँदै लगिरहिको छ | संसारका कुनै पनि मुलुकका मान्छेका पीडाहरूले एउटा सम्बेन्दनशील विश्वको कुनै पनि मान्छेको हृदयमा छुन्छ नै र मानब सभ्यताको कुनै पनि उपलब्धिले मनमा नजानिँदो हर्ष कुनै न कुनै रूपमा प्रकट हुन्छ नै | तर अर्काको टाउकामा टेकेर माथि पुग्ने हामीहरू, अर्कालाई हमेशा कमसल प्रमाणित गरेर आफू असल बन्न खोज्ने हामीहरू, निरन्तर म्युजिकल चेयर प्रतियोगिताको आयोजना र बिजेता घोषणामा हराई रहेका हामीहरू, हमेशा षडयन्त्रका नयाँ सूत्रको निमार्णमा तल्लिन छौं यसैलाई हामीले राजनीति बुझेका छौं ,हाम्रो विद्वता सम्झेका छौं |

विश्वको कुनै पनि धर्मले कसैलाई काट, मार, समातेर जिउंदै जलाइदेऊ, घरमा बम पड्काई देऊ, स्कूल जाँदैगरेको बच्चालाई अपहरण गरिदेऊ र मारिदेऊ अर्थात् तीनको हातमा बन्दुक थमाईदेऊ, लोग्नेलाई समातेर पाता कस र स्वास्नीलाई तिनकै सामु बलात्कार गरिदेऊ, मदिरा पेऊ, चरेस तान, मत्त भएर लडिरहू, चोर, खोस, डकैती गर, अपशब्द बोल, ग्याँस च्याम्बरहरूको निर्माण गर, लडाकु प्लेनहरू तयारीमा राख, नया सुरुंग युद्दको तयारी गर, लड, सबलाई मार, दुख देऊ या आफूपनि मर भनेर कहीं पनि भनेको रहेनछ | तर हामीलाई राजनीतिले जसरी हुन्छ सत्ता कब्जा गर र शक्ति हातमा लेऊ भनेर सिकाएको हुनाले बीच बीचमा हामी मानब इतिहासमा रक्ताम्य भइरह्यौं | मानवीय वैयक्तिक कमजोरीका हिंसात्मक भावहरूको सक्रियतामा, संस्कारको रुप धारण गर्दै गएका परम्परागत हिंसाहरूको प्रोत्साहनमा र सत्ता प्राप्तिको तिब्र महत्वाकांक्षी अहम्मा हामीले पटक पटक हिंसालाई निरन्तरता दिंदै आइरह्यौं | तर जति सुकै हिंसा गरे पनि कुतर्क गरेर मनोगत सन्तुष्टि लिने र दुनियालाई भ्रममा राख्न खोज्ने हाम्रा आफैले नबुझ्ने दर्शनहरू र आदर्शहरुले हामीलाई पत्थर बनाउँदै लगेको हामी आफैलाई कहिले थाहा हुने हो कुन्नि !

धर्ती एउटा सिंगो घर हो, मानवता सबभन्दा ठूलो धर्म हो, यहाँका सबै मान्छेहरू एक हौँ भन्ने बिशाल भावना के सुनेर मज्जा लिने एउटा आदर्श मात्र हो त ? कुनै एक देशको भौगोलिक सीमास्तम्भ भित्र पनि जातीयताका नाममा, भाषाका नाममा, धर्म संस्कृतिका नाममा, दलित र गैर दलितका नाममा, रंग या वर्णका नाममा, आदिबासी र भर्खरबासीका नाममा दोश्रो भौगोलिक कित्ता बाँडफाँड गरेर स्वत्तताको स्वप्निल मज्जा लिने दैनिकी हाम्रो देशमा चलिरहेको छ | भड़काऊ अतिबादी खराब राजनीति गर्नेहरूले अस्तित्व र पुनरुत्थानको नाममा आफ्नो राजनीतिक स्वार्थ पुरा गर्ने उदेश्यले उब्जाएको एउटा कलङ्क शिवाय यो केही पनि होइन | कसैसंग पनि यस्तो किसिमको सुनौलो भविष्य भएको भोलिको नेपालको सुन्दर नक्सा छैन र यो सम्भब छ जस्तो पनि लाग्दैन | यो संकुचित अबधारणाको बिजारोपण, कलहको सुरूवात, बदमास राजनीति गर्नेहरूको भाषणको चर्को आवाज मात्र हो | आभाव भए पछि तनाब उत्पन्न  हुन्छ भन्छन | दिन दिन गरीब बन्दै गइरहेको देशमा राजनीति गर्नेहरूका लागि प्रसस्त कुराहरू छन् जो सपनाको रूपमा सोझा जनातालाई चोक चोकमा भेला गरेर सित्तैमा प्रशस्त बाँड्न सकियोस | र जनताहरू फेरी एकचोटी सपनाको खोजमा निस्किऊन र मरून | के यहीं एउटा विकल्प मात्रा बाँचिरहन्छ हामीसंग जहिले ?

पछिल्लो समयमा निक्कै चर्चामा उठेको विषय भाषा पनि हो | भाषा विचार अभिव्यक्तिको माध्यम मात्र हैन विचार विनिमयको साधन पनि हो | भाषाको आवास्यकता र जन्म पनि यहीं प्रक्रियाले नै भएको हो | भाषाभित्र कुनै पनि जाति वा समुहको इतिहाँस पनि छिपेर बसेको हुन्छ | उसको संस्कृति, स्वभाव, परम्परा, रीतिरिवाज, वेशभूषा, आदिपनि भाषाभित्र लुकेर बसेका हुन्छन | यसर्थ भाषा कुनै समूह वा जातिको पहिचान पनि हो | समूह समूह वा जाति जातिको अर्को एउटा संगठनात्मक सिङ्गो भूभाग स्वतन्त्ररूपमा देश भएर रहेको हुन्छ भने कुनै पनि जाति वा भाषा त्यो देशको पनि पहिचान हो | त्यसको सही सम्मान र बिकास कुनै पनि सचेत र अशल राष्ट्रबाट हुन्छ र त्यो हुनु पनि पर्छ | तर पछिल्लो समयमा भाषिक उत्थान र पुनरुत्थानका नाममा देखापरेका बेस्वादका नौटंकीहरूले यो भाषाको महत्वलाई बढाउने होइन बरू भाषिक विविधताको गर्विलो परम्पराप्रति पनि नकारात्मक सोच उब्जाउन खोजेको छ | भाषा केही हो बाट राजनीति सुरू गरेर भाषा केही होइन भन्ने मनोविज्ञान जनतामा भर्न खोजिरहेछन भाषामा राजनीति गर्नेहरू ! भाषिक स्वतन्त्रताको चर्को रूपले उदण्डतातिर पाईला राख्दै छ | भनिन्छ कुनै पनि स्वतन्त्रताले जब उदण्डताको रुप लिंदै जान्छ त्यो स्वतन्त्रताले कि त आफ्नो हुँदै भएको स्वतन्त्रता पनि गुमाउँछ कि त उदण्डताको नमीठो छाप बोकेर नै बाँचीरहन्छ | जसको प्रभाव अन्तत असल रहँदैन जो सम्झन लायक भएर रहिरहोस |

संसद भन्ने ठाउँ राष्ट्रिय समस्याका अनेक बिषयमा बहस गर्ने ठाउँ हो | भोलिको हरेक सुनौलो भविष्यको लागि कानुन र नीति निर्माण गर्ने ठाउँ हो | यहाँ विचार विनिमयको अत्यन्तै ठुलो हात रहन्छ | तर वर्तमानमा झैं हरेक सभासदले आफ्नो भाषा मात्र बोलेर विचार राख्ने हो भने यो विसङ्गतिले भरिएको नाट्यशाला बढ्ता र संसद भवन कम होला | यो अन्तराष्ट्रिय स्तर मै एउटा नपुंसक बहसालय होला | एउटा सभासदले संसदमा उसको मातृभाषा बोल्दैमा त्यो भाषाको उत्थान भै हाल्छ जस्तो मलाई चाहीं लाग्दैन, जरूर उसको राजनीतिक उत्थान चाहीं होला किनकि हामीकहाँ यस्ता कुराहरू बढी बिक्रि हुने चलन छ | उसले त सबैले बुझ्ने भाषामा आफ्ना समयस्या राखेर कानुन पो बनाउन सहयोग गर्नु पर्थ्यो त, ता कि जुन कानुनले ऊ लगायत तमाम पिछडिएका भाषा, जातजाति , संस्कृतिको उठान होस् र देशको पहिचान माथि उठोस |

जुन देशमा प्रशासनिक निकायको हरेक क्षेत्रमा पटक पटक राजनीतिक भागबण्डा भैरहन्छ , जहाँ तस्करहरूले राजनीतिक सहमतिका आधारमा मुक्त्त भएर आफ्नो धन्दा गरिरहन्छन, जहाँ हर प्रकारका गिरोहहरू निर्ढुक्क भएर बस्तितिर चहारी रहन्छन | जुन देशमा कानुन कम र फोहोरी राजनीति बढी लागु हुन्छ , जुन देशका जनतालाई आफ्नो अधिकारको लागि हिँसा नै नगरी हुँदैन भनेर सिकाइएको छ र जनताहरूले पनि त्यहीं मात्र राम्ररी बुझ्दै आएका छन् ,जहाँ छिन भर मै सत्य असत्य र असत्य सत्य हुन्छ ,त्यो देश ,मेरो देश जहाँ निहत्था जनताको आँसु निरन्तर बागमती भएर बगेको छ र विष्णुमतिको पानि जस्तो हमेशा ह्वास्स दुर्गन्ध बोकेर फैलिरहेको छ लाशमा उन्मत्त राजनीति ! किन किन आफ्नो देश आफैलाई ऐठन भैरहन्छ अचेल | कुनै दन्त्य कथाको एउटा बिरानो मुलुक लागिरहन्छ अचेल !