क्षण क्षणका कुरा

 एक

 

आफ्नो जीवन संधै आफूलाई मूल्यहीन लागेर आउंथ्यो | शायद एउटा उमेरगत भाबुकता मेटिएको थिएन ममा | आफूले आफैलाई खिसी गर्थें र हाँसी दिन्थें कयौ पल्ट |  एउटा मज्जा आफैसंग लुटेको आभास मिल्थ्यो | आनन्द लाग्थ्यो | जीवनका यस्ता कतिपय अतृप्त सपनाको क्षतिपूर्ति या भनौ परिपूर्ति यसरी नै गरिन्थ्यो | सबै भन्दा असल माध्यम आफूलाई जो भएको भन्दा भिन्न देखाउनुमा ठान्थें | कहिले कहीं त अति भाबुकताले त्यसरी पनि बाँच्न सकिन्छ जस्तो लागेर आउंथ्यो | बंचाई प्रतिका अनेक प्रश्न , बंचाई प्रतिका फितला समाधान र बैचारिक प्रौढताको सम्झौता जीवनको निरन्तरताको धार थियो | मैले आफूलाई कहिले पनि कमजोर निर्णयको शिकार बनाइन | पछि बिस्वास भयो म भित्र पनि धेरै कुराहरु आफैलाई बिस्वास लाग्दा रहेछन् |  ढुक्क लाग्दा रहेछन् | त्यसपछि आफूप्रती धेरै आदरको भाव जागेर आयो |   अहंवादी भन्ला कसैले भलै उसलाई सहानुभूती छ |  आफूप्रती आदर भाव प्रथमत : सबै ब्यक्तिमा हुनु जरुरी छ |  यो बंचाईको सुरुवात हो | जीवनको महान विभीषिकामा आफ्नो उपस्थितिको सहज स्वीकृति हो | मैले आफूलाई स्वीकारें |  त्यो समयदेखि म अरुका कुरा सुनीसकेर पनि त्यहीं उभिई रहन सक्ने भएँ न कि त्यसको पछि तुरुन्त दगुरें |

 

यसपछि ममा मानवीय प्रव्रितिको बढ्ता बोध हुँदै गयो |  मान्छेका नीचता , क्षुद्रब्रिति , उसका व्वांसे चरित्र एकाएक ममा पनि बोध हुँदै गए |  म कुराबाट काममा रूपान्तरण भएँ | मलाई कसैका कुराप्रति भन्दा कामप्रती बढ्ता चासो बढ्दै गयो | मलाई के छ भनेर प्रश्न सोध्नेहरु या भनौ खबर सोध्नेहरू मेरो आँखामा चमक हेर्न चाहन्थे अर्थात् आँसु हेर्न चाहन्थे त्यो म सहज अनुमान लगाउन सक्ने बन्दै गएँ र उनीहरूले खोजेको उत्तर दिँदै गएँ | मेरो दुखमा रमाउन चाहनेलाई मैले दुखैको खबर सुनाउँदै गएँ र म दुखेकोमा दुखित हुनेहरुलाई मैले कहिल्यै आफ्नो दुख देखाउन चाहिन र देखाइन पनि | मलाई कुशल रुपमा यो अभिनय गर्न सकेको दिन आफैलाई जितेको अभाष मिल्थ्यो र एउटा अबोधगम्य आनन्द लिन्थें | म यसर्थ यो अभिनय गर्न थालें कि मप्रति कुबिचार राख्नेहरुलाई मेरो सफलता या भनौ खुसी देखाएर उसलाई बढ्ता ईर्ष्यालु वा प्रतिसोधी बनाउनु अर्थात् मेरो भलो चिताउनेलाई मेरो पीडा देखाएर दुख दिनु मेरा लागि उचित कुरा थिएन | समस्या अनुसार आफ्ना शुभ चिन्तकहरुलाई समस्या राखेर समाधानको उपाए माग्नुलाई मैले दुख बिसाउनुको रुपमा कहिल्यै लिएको छैन | ब्यबहारिक कसरतको रूपमा स्विकारेको छु |      

दुई

जीवन सायद रंगहरुको अनेकता नै रहेछ क्यारे !  भोगाईका अनेकन श्रृंखलाहरुमा यसका बिभिन्न अप्ठ्याराहरुको उपिस्थिति र फेरि तिनै अप्ठ्याराबीच सहजताको बोधगम्यता पटक पटक महसुस भएको छ जीवनमा |  संपूर्ण अतीतहरु आफैमा टाठा भएर पनि क्रमश:  आँखामा इन्द्रेणी पर्दै जान्छन् र धूमिल बनिदिन्छन् |  मोह हरेक रमाइला कुराको हुन्छ ,  मोह हरेक निर्दोष र अजीव मायाको हुन्छ , घमाइलो र सुकिलो दिनको हुन्छ , प्रत्येक शरदका चांदनिको हुन्छ , प्रत्येक वसन्तका बहारको हुन्छ तर जीवन चक्रमा बर्षात पीडाको संकेत मात्र होइन जीवनको धुक्धुकिको प्रत्यारोपण पनि रहेछ |  अचेल जीवनको बारीमा सबै खाले मौसमहरू स्वीकारी दिएको छु | नियतिको उपल्लो साम्राज्यबाट सिफारिस भएका गोरेटाका प्रत्येक मोड र घुम्तीले अपरिभाषित यो जीवनका सिमारेखामा म विवादित भविस्यका अनेक रंग पढ़न सक्छु | क्रमश …………..                                  

 

Responses

  1. सहि मनको सहि प्रस्तुतिकरण ……….

  2. yo atartha prastuti ho.


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: