मेरा गीत/गजलहरू

गजल

बैगुनी यो दुनियाँमा गुनको के कुरा
अँध्यारोमै रम्नेसंग जूनको के कुरा

 

गाउंदेखि  सहरसम्म सबै बिरानी छ
लुटी खाने मात्र देक्छु कुनको के कुरा

 

आफन्तीले पनि  यहाँ  लखेटेर खेद्छ
आफ्नै शरीर आफ्नै नसा खुनको के कुरा

 

मानवता रीतिथिति संस्कृति केही छैन
सारंगीमा  निदाएको  धूनको के कुरा

 

मेरो बस्ती भीर पाखा  सुनाखरी सून्य
पित्तल प्यारो ठान्छन् सबै सूनको के कुरा ||

………………………………………………………

गजल

 

आज तिमी अलि कमै लजाएको देखें
कोरीबाटी केश बढ़तै सजाएको देखें

 

संधै पनि बोल्दिनथ्यौ तर आज भने
इशारामै  कतिकुरा  बताएको देखें

 

घरी आयौ स्पर्श्मा घरी टाढा भाग्यौ
के के हुन्छ तिमी भित्र छ्टाएको देखें

 

छुट्ने बेला अगिअगि हाँसी हाँसी छुट्थ्यौ
के पीर पर्यो कुन्नी आँशु खासाएको देखें

 

कैले कहीं मैले रुंदा गाली गर्ने मान्छे
आज आफै रोई मलाई सताएको देखें || 

……………………………………………………..

 गजल

 

अनायसै टक्क रोकियो जिन्दगी
छचल्किई  कतै पोखियो जिन्दगी

 

न कतै छ खुसी न कतै छ हाँसो
जली खागखाग भो की यो जिन्दगी

 

खालि रिक्त छाती खालि आँसु पीडाको
कतै सुन्य रात  हो की यो  जिन्दगी

 

संधै  बांडनु मात्र  रहेछ  सित्तैमा
सयौ चोटी आफ्नै सोचियो जिन्दगी

 

न भन्न सक्छु न भन्छौ तिमीले
सुन चाँदी हो या मोटी हो जिंदगी ||

………………………………………………….

गजल

 

डुब्नै लागेथ्यो घाम तिमी झुल्किदियौ
खसी सकेथे कान तिमी झुल्किदियौ

 

यो एक्लो जिन्दगी यो उदास जिन्दगी
सोच्थें बाँच्नु के काम तिमी झुल्किदियौ

 

संधै म निन्याउरो  बेहोसी मै थिएँ
बढी गयो नि शान तिमी झुल्किदियौ

 

म के थिएँ तिमी मेरो एउटा थियौ
म हुनुको पाहिचान तिमी झुल्किदियौ ||     

…………………………………………………….           

 गजल

 

कैलेकहीं त अफना कुरा बताउन  गौरी
मलाई पनि एक दुई चोटी सताउन गौरी

 

संधैभरी हिस्सी मुहार  लगाएर हेर्छौ
रिसाउंदा कस्ति हुन्छौ रिसाउन गौरी

 

निहूँ खोग्नु , घुर्क्याउनु , नाबोल्दिनु बरु
सहिरहने तिम्रो बानी  घटाउन गौरी

 

भए भरको सबै दिनु भन्छौ एकै चोटी
अली अली गर्दै माया खटाउन  गौरी

 

तिम्ले पनि बोले हुन्छ भने हुन्छ तिम्ले
खपिरहने तिम्रो बानी हटाउन  गौरी ||

……………………………………………………..
 गजल

 

मैले रोए मेरो पीडा गीत भन्छौ तिमी
मैले हारे तिम्रो जिद्दी जीत भन्छौ तिमी

 

संधै तिम्रो प्यार सम्झी जली रुंदा पनि
स्वर्थिले त आफ्नै हेर्छ हीत भन्छौ तिमी

 

यता रात हुंदा उता दिन खुल्छ रे तिम्रो
के हो ? भन्दा नियतीको रीत भन्छौ तिमी

 

आफै माया मारी जान्छौ आफै पराई बन्छौ
बुझ्नै कठिन निष्ठुरीको प्रीत भन्छौ तिमी

 

निषा ओढी उदाशी भै झोक्रिएर संधै
रात भर रात रुन्छ शीत भन्छौ तिमी || 

…………………………………………………..

 गजल

 

चाहिदिन्छु संधैभरी हित हजूरको
गाइबस्छु हर हमेसा गीत हजूरको

 

हाँसेको छू चुप चाप हारे पनि आफू
कामना छ उत्सबमय जीत हजूरको

 

आइरहन्छ याद संधै छोडि गए पनि
सम्झिहेर्छु कस्तो कस्तो प्रीत हजूरको

 

फेरि कतै एक पल्ट देखूँ देखूँ लाग्छ
जति पियो तर उस्तै धीत हजूरको

 

आँखिर जे जे भने पनि आभाव छ एकै
कि त त्यहीं पिरतीको कि त हजूरको ||

……………………………………………….                           

गजल

 

संधै तिमी   हिड्ने बाटो  यता सारुं कसरी म
आफ्नै जस्तो लाग्ने तिमी आफ्नो पारुं कसरी म  

 

कति चोटी भेट भयो केही भन्न सक्या छैन
मनको इच्छा मनै भित्र यसै मारूं कसरी म

 

तिमी आउंदा कति कति रहरहरु संगै आउंछन्
तिमी जान्छौ सबै जान्छन् आँसु झारूं कसरी म

 

समझनामा पनि तिम्रै याद मात्र आइदिन्छ
तिम्रो प्रीति ममा छैन भनी टारूं कसरी म

 

भनू भने आफ्नो कुरा तिमी रिसाई जाने हौ कि
म दुखेको कस्ले बुझ्छ एक्लै हारूँ कसरी म  || 

………………………………………………………………

गजल

 

नदीको भन कुन लहरमा छौ तिमी
गजलको भन कुन बहरमा छौ तिमी

 

म जानू कसोरी,थाहा पाऊँ कसोरी
गाऊँमा भन या सहरमा छौ तिमी

 

म थाकें भनेर नहिड़ने कति छन्
जीवनको भन कुन प्रहरमा छौ तिमी

 

अरे यो मधुमास, अरे यो रंगीन साँझ
सायद त्यो गुलाबको अधरमा छौ तिमी

 

फेरिन्छ यो मौसम, फेरिन्छ जिन्दगी
फेरिने भन कुन रहरमा छौ तिमी 

……………………………………………………………… 

गाऊंमा केको सहर हुन्थ्यो कथामा केको बहर हुन्थ्यो
कसले भन्यो तिमीलाई त्यस्तो अमृतमा केको जहर हुन्थ्यो

हल्लै हल्लामा डराएर के के सोच्न सक्छौ तिमी
बोल जोसँग हांस जोसँग मलाई केको असर हुन्थ्यो

ढाट्नु  तिमीलाई केको लागि नढाट है भन्छौ किन
साँच्चै  साँच्चै धरो धर्मं मनमा केको कसर हुन्थ्यो

मेरो बिस्वास मेरो प्रेम मेरो जीवन प्राण तिमी
तिमीसंगै  फेरी मलाई किन त्यस्तो डर हुन्थ्यो

Responses

  1. […] गज़लकार : चुडामणि भट्टराई श्रोत : अन्त्यहिन सुरुवात (https://mani99.wordpress.com/eutasansar/) […]

  2. वास्तबमा नेपाली गजलमापनि धेरै मार्मिकता पाए!

  3. nepali sahitye ko bastabik naulo pana thapiyo,khusi lagyo keep on goin.


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: